काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३९२ जनाको पीसीआर परीक्षणमा २२९ जना र ४ हजार ३१७ एन्टिजेन परीक्षणमा ३५ जना गरी कुल २६४ जनामा संक्रमण पुष्टि भएको हो ।
‘पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३६२ छ भने मृत्यु हुनेको संख्या २ रहेको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८९ रहेको मन्त्रालयले जनाएको छ ।