कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना आजैदेखि

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना आजैदेखि

२०७८, मंसिर २९ बुधवार

  • 693
    SHARES

  • कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना आजैदेखि

    काठमाडौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवार रहेका पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना आजैदेखि सुरु हुने भएको छ ।

    निर्वाचन समितिले आज बिदा गरी बिहीबारदेखि पदाधिकारीको मतगणना सुरु गर्ने तयारी गरेको थियो । उम्मेदवार रहेका पार्टी नेताको आग्रहपछि आजैदेखि मतगणना सुरु गर्न निर्वाचन समितिले पार्टी नेतासहितको बैठक १ बजे बोलाएको सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

    मतगणनाको आचारसंहितालगायत विषयमा छलफल एवं निर्णयपछि गणना सुरु हुनेछ । पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिने पनि उनले बताए ।

    सोमबार नै निर्वाचन सकिएपछि पदाधिकारी र केन्द्रीय सदस्यको मतपेटिका पार्टी केन्द्रीय कार्यालयमा लगी राखिएको छ ।

    पहिलो चरणमा सभापति पदको मतगणना मङ्गलबार राति सम्पन्न भएको थियो । सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि मङ्गलबार दिउँसोदेखि बढी मत पाउने शेरबहादुर देउवा र डा शेखरप्रसाद कोइरालाकाबीच दोस्रो चरणको मतदान भएको थियो ।

    दोस्रो चरणको मतदानपछि दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीसमेत रहेका देउवा पार्टी सभापतिमा निर्वाचित भएका छन् ।

    २०७८, मंसिर २९ बुधवार०२:२५:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार