काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८० जना कोरोेना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९९४ वटा नमुनाको परीक्षणमा २८० जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५६५ पुगेको छ ।
यस्तै आजमात्र ३०० जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ पुगेको मन्त्रालयले जनाएको छ ।