कोरोना अपडेट : थप १८४ जनामा संक्रमण, २ जनाको मृत्यु

कोरोना अपडेट : थप १८४ जनामा संक्रमण, २ जनाको मृत्यु

२०७८, पौष १ बिहिवार

  • 737
    SHARES

  • कोरोना अपडेट : थप १८४ जनामा संक्रमण, २ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३० जनाको पीसीआर परीक्षणमा १६० जना र ३ हजार ७ सय ८८ जनाको एन्टिजेन परीक्षणमा २४ जना गरी १८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २६७ जना निको भएका छन् ।

    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ७३ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५२६ जना रहेका छन् । जसमध्ये ५ हजार २४७ जना होम आइसोलेसनमा रहेका छन् भने २७९ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।

    २०७८, पौष १ बिहिवार०४:५४:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार