काठमाडौ । सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
पुस ४ गते पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश (धान्यपूर्णिमा)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले सूचना जारी गर्दै बिदा दिने जानकारी गराएका हुन् ।
