सभापतिको निर्वाचनमा प्राप्त ४० प्रतिशत मतले भावविभोर भएको छु : डा.कोइराला

सभापतिको निर्वाचनमा प्राप्त ४० प्रतिशत मतले भावविभोर भएको छु : डा.कोइराला

२०७८, पौष २ शुक्रवार

  • 1.4K
    SHARES

  • सभापतिको निर्वाचनमा प्राप्त ४० प्रतिशत मतले भावविभोर भएको छु : डा.कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापतिको निर्वाचनमा प्राप्त ४० प्रतिशत मतले आफू भावविभोर भएको बताएका छन् ।

    कांग्रेस परिवर्तनको पक्षमा उभिने मतपरिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने उल्लेख गर्दै सभापतिमा निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र शुभकामना दिएका छन् ।

    कोइरालाले देउवाको सभापतिको दोस्रो कार्यकालमा कांग्रेसको गौरव पुनर्स्थापित हुने विश्वास पनि व्यक्त गरेका छन् ।

    सभापतिको निर्वाचनको मतपरिणाम आएको तेस्रो दिनपछि कोइरालाले देउवालाई बधाई दिएका हुन् ।

    sekhar-1.jpg

    २०७८, पौष २ शुक्रवार०४:१५:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार