“एमसीसीवारे निर्णय सत्ता गठवन्धनका दलबीच छलफल पछि”

“एमसीसीवारे निर्णय सत्ता गठवन्धनका दलबीच छलफल पछि”

२०७८, पौष ३ शनिवार

  • 1.8K
    SHARES

  • “एमसीसीवारे निर्णय सत्ता गठवन्धनका दलबीच छलफल पछि”

    राँझा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसीसीबारे निर्णय हुने बताएका छन् । 

    नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको शुक्रवारनेपालगञ्जमा उद्घाटन गर्दै अध्यक्ष नेपालले एमसीसीबारे सबै पार्टीसँग छलफल चलाउन प्रधानमन्त्रीलाई आग्रह गरेको उल्लेख गरे ।  

    “एमसीसीवारे के गर्ने भन्ने विषयमा सत्तामा रहेका पाँच दलबीचमा बैठकमा छलफल चलाउन खोजिरहेको र सबै पार्टीसँग बसेर छलफल चलाइयोस् भनेर हामीले प्रधानमन्त्रीलाई भनिरहेका छौँ”, अध्यक्ष नेपालले भने, “सबै पार्टीको विचार आउनुपर्यो ।” उनले सत्ता गठबन्धनका पाँच दलको सहमतिमा मात्र एमसीसीबारे निर्णय हुने जिकिर गरे । 

    २०७८, पौष ३ शनिवार०८:३६:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार