काठमाडौ। पछिल्लो २४ घण्टामा देशभर थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षणमा २१८ जना र १ हजार ४१६ जनाको एन्टिजेन परीक्षणमा २ जना गरी २२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २६३ जना निको भएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ९३७ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५७४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ जना रहेका छन् । जसमध्ये ४ हजार ९६४ जना होम आइसोलेसनमा रहेका छन् भने २६१ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।