कोरोना अपडेट :  पछिल्लो २४ घण्टामा थप २९० जनामा सङ्क्रमण, ३ जनाको मृत्यु

कोरोना अपडेट :  पछिल्लो २४ घण्टामा थप २९० जनामा सङ्क्रमण, ३ जनाको मृत्यु

२०७८, पौष ६ मंगलवार

  • 881
    SHARES

  • कोरोना अपडेट :  पछिल्लो २४ घण्टामा थप २९० जनामा सङ्क्रमण, ३ जनाको मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप २९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षणमा २५२ जना र ४ हजार ६ सय १६ जनाको एन्टीजेन परीक्षणमा ३८ जना गरी २९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन् ।

    यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९ लाख २२ हजार २२७ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७७ पुगेको छ ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २४२ जना रहेका छन् । जसमध्ये ४ हजार ९९३ जना होम आइसोलेसनमा रहेका छन् भने २४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोनाका बिरामीमध्ये ९५ जना आइसियु र २५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

     

    २०७८, पौष ६ मंगलवार०४:५६:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार