प्रतिनिधिसभाद्वारा दुई अध्यादेश स्वीकृत   

प्रतिनिधिसभाद्वारा दुई अध्यादेश स्वीकृत   

२०७८, पौष ६ मंगलवार

  • 633
    SHARES

  • प्रतिनिधिसभाद्वारा दुई अध्यादेश स्वीकृत   

    काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ ।

    बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ लाई बहुमतले स्वीकृत गरेको हो ।

    उक्त दुवै अध्यादेशलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वीकृत गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए ।

    उक्त दुवै अध्यादेशलाई पारित गर्नु पूर्व बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दिएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।

    प्रतिनिधि सभाको अर्को बैठक यही पुस ७ गते अपराह्न १ बजे बस्नेछ ।

    २०७८, पौष ६ मंगलवार०५:४६:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार