एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व: गृहमन्त्री खाँण

एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व: गृहमन्त्री खाँण

२०७८, पौष ६ मंगलवार

  • 877
    SHARES

  • एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व: गृहमन्त्री  खाँण

    धनुषा । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका छन् ।

    नेपाली काँग्रेसको प्रदेश नं २ को अधिवेशनका लागि आज जनकपुरधाम आएका गृहमन्त्री खाँणले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा अगाडी बढेको भन्दै उक्त सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताए । 

    उनले देश विकासका लागि सरकारले नै एमसीसीको प्रस्ताव अघि बढाएको भन्दै एमसीसी परियोजना ऋणमा नभई निशर्त अनुदान भएको स्पष्ट पारे ।

    सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना अघि बढेको मन्त्री खाँणले स्पष्ट पारे । 

    एमसीसी संसद्बाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलबीच छलफल चलिरहेको उल्लेख गर्दै उनले  निष्कर्ष निस्किने र अगाडि बढ्ने बताए ।

    मन्त्री खाँणले भने, “एमसीसीबारे केही भ्रम पनि होलान् । यो अमेरिकन सरकारले गरिबी निवारण, रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । 

    यसैअन्तर्गत नेपाल सरकारले विद्युतीकरण, ट्रान्समिशन स्थापना र सडक निर्माणका लागि प्रस्ताव गरेको हो । त्यसलाई अमेरिकाले स्वीकार गरेको छ । यो निःशर्त अनुदान हो ।”

    २०७८, पौष ६ मंगलवार०६:०९:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार