काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षणमा २१७ जना र ४ हजार ४३ जनाको एन्टीजेन परीक्षणमा १९ जना गरी २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २७२ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा जम्मा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये भक्तपुरमा १३ जना, ललितपुरमा ३३ जना र काठमाडौंमा ७६ जना संक्रमित भेटिएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ४३३ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५७९ पुगेको छ ।