कोरोना अपडेट : थप २९३ जनामा संक्रमण, २ जनाको मृत्‍यु

कोरोना अपडेट : थप २९३ जनामा संक्रमण, २ जनाको मृत्‍यु

२०७८, पौष ८ बिहिवार

  • 1.1K
    SHARES

  • कोरोना अपडेट : थप २९३ जनामा संक्रमण, २ जनाको मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ९ हजार ५१० जनाको पीसीआर परीक्षणमा २४१ जना र २ हजार १ सय १६ जनाको एन्टीजेन परीक्षणमा ५२ जना गरी २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यसैगरी पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २६३ जना संक्रमणमुक्त भएका छन् ।

    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ७५६ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ५८१ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १६१ जना रहेका छन् । जसमध्ये ४ हजार ९१० जना होम आइसोलेसनमा रहेका छन् भने २५१ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ । 

     

     

    २०७८, पौष ८ बिहिवार०५:०२:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार