कोरोना अपडेट : थप २६० जनामा संक्रमण, १ जनाको मृत्‍यु  

कोरोना अपडेट : थप २६० जनामा संक्रमण, १ जनाको मृत्‍यु  

२०७८, पौष ९ शुक्रवार

  • 709
    SHARES

  • कोरोना अपडेट : थप २६० जनामा संक्रमण, १ जनाको मृत्‍यु  

    काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयका अनुसार ८ हजार ६० जनाको पीसीआर परीक्षणमा २२७ जना र ३ हजार ८ सय ३८ जनाको एन्टीजेन परीक्षणमा २३ जना गरी २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

    यसैगरी पछिल्लो २४ घण्टामा १ जनाको मृत्‍यु भएको छ भने ३४९ जना संक्रमणमुक्त भएका छन् ।  

    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार १६ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ५८२ पुगेको छ ।  हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ जना रहेका छन् । जसमध्ये ४ हजार ८१७ जना होम आइसोलेसनमा रहेका छन् भने २३१ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।

    २०७८, पौष ९ शुक्रवार०५:५५:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार