एमसिसी प्रस्ताव राष्ट्रिय हितअनुसार अघि बढ्नेछ : अध्यक्ष प्रचण्ड

एमसिसी प्रस्ताव राष्ट्रिय हितअनुसार अघि बढ्नेछ : अध्यक्ष प्रचण्ड

२०७८, पौष १० शनिवार

  • 945
    SHARES

  • एमसिसी प्रस्ताव राष्ट्रिय हितअनुसार अघि बढ्नेछ : अध्यक्ष प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाले प्रस्ताव गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना फर्काउने पक्षमा आफूहरू नरहेको बताएका छन् । 

    उनले भने, ‘नेपालको राष्ट्रिय हित र जनताको भावनालाई केन्द्रविन्दुमा राखेर एमसिसी परियोजना अगाडि बढ्छ । एमसिसीमा प्रश्नहरू उठेका छन्, त्यसको जवाफ दिएर परिमार्जन र संशोधन गरेर अगाडि लगिन्छ।’

    एमसिसीको विषयमा पाँचदलीय गठबन्धनमा कुरा गरेको र संशोधनको निर्क्यौल गर्न बाँकी रहेको दाहालले बताए।

    एमाले अध्यक्ष केपी ओली र त्यसबेला उनको पार्टीले नेतृत्व गरेको अर्थमन्त्रालयले जे जति काम गर्‍यो त्यसले जनतामा गम्भीर आशंका बढाएको पनि उनले बताए।

    उनले भने, ‘ती गम्भीर आशंका क्लियर नगरी जानु अमेरिका, नेपाल र राजनीतिक दललाई फाइदा गर्दैन ।’ 
    दाहालले एमसिसी कार्यदलले प्रारम्भिक कार्य सुरू गरेको भन्दै अनुदानमा आएको त्यो रकम पूर्वाधारमा लगानी गर्नुपर्ने बताए।

    दाहालले भने, ‘अमेरिकनसँग मेरो नियमितजस्तै सम्पर्क छ। दबाबबाट होइन, अस्पष्टताबाट होइन, समय लाग्न सक्छ। समयको बारेमा दबाब हुँदैन भनेर आग्रह गरिएको छ ।’ गठबन्धन तोडे एमसिसीमा समर्थन गर्ने भन्दै कांग्रेससँग एमालेले अराजनीतिक, अनैतिक चरित्र देखाएको दाहालले आरोप लगाए।

    उनले भने, ‘फेरि पनि प्रतिगमनतर्फ लैजान खोजिँदैछ। प्रतिक्रियावादीहरू संविधान खारेज गर्न चाहन्छन्, यो गठबन्धन टुटाउन जे पनि गर्ने भनिएको छ । नाटकहरू चलिरहेका छन्। त्यसका विरूद्ध संघर्ष गरिरहेका छौं।’

    २०७८, पौष १० शनिवार०२:१९:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार