कोरोना अपडेट : थप १६७ जनामा संक्रमण, १ जनाको मृत्यु 

कोरोना अपडेट : थप १६७ जनामा संक्रमण, १ जनाको मृत्यु 

२०७८, पौष १० शनिवार

  • 781
    SHARES

  • कोरोना अपडेट : थप १६७ जनामा संक्रमण, १ जनाको मृत्यु 

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २८३ पीसीआर परीक्षणमा १५७ जना र २ हजार १६४ एन्टिजेन परीक्षणमा १० जना गरी १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या २२६ रहेको छ ।

    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ९७८ रहेको छ ।

    संक्रमितमध्ये काठमाडौंमा ६८ जना, ललितपुरका २६ जना र भक्तपुरमा ४ जना रहेका मन्त्रालयले जनाएको छ ।

    २०७८, पौष १० शनिवार०५:३०:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार