काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ८० जनाको पीसीआर परीक्षणमा २१३ जना र २ हजार ४ सय ९७ जनाको एन्टिजेन परीक्षणमा ६ जना गरी २१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २८३ जना निको भएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ४०२ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५८५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९०६ जना रहेका छन् । जसमध्ये ४ हजार ६७७ जना होम आइसोलेसनमा रहेका छन् भने २२९ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।