कोरोना अपडेट : थप २७१ जनामा संक्रमण , १ जनाको मृत्यु

कोरोना अपडेट : थप २७१ जनामा संक्रमण , १ जनाको मृत्यु

२०७८, पौष १२ सोमवार

  • 1.0K
    SHARES

  • कोरोना अपडेट : थप २७१ जनामा संक्रमण , १ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुुसार ९ हजार १ सय ५७ जनाको पीसीआर परीक्षणमा २५१ जना र १ हजार ७ सय २९ जनाको एन्टीजेन परीक्षणमा २० जना गरी २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यसैगरी पछिल्लो २४ घण्टामा १ जनाको मृत्‍यु भएको छ भने २२५ जना संक्रमणमुक्त भएका छन् ।

    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ६७३ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ५८६ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ जना रहेका छन् । जसमध्ये ४ हजार ६९४ जना होम आइसोलेसनमा रहेका छन् भने २३७ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।

    २०७८, पौष १२ सोमवार०४:०७:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार