बन्दसत्रमा विधान मस्यौदा पेश : माओवादी पदाधिकारी १५ सदस्यीय हुने

बन्दसत्रमा विधान मस्यौदा पेश : माओवादी पदाधिकारी १५ सदस्यीय हुने

२०७८, पौष १२ सोमवार

  • 1.0K
    SHARES

  • बन्दसत्रमा विधान मस्यौदा पेश : माओवादी पदाधिकारी १५ सदस्यीय हुने

    काठमाडौ । नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् । 

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरे लगत्तै नेता गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् ।

    उनले प्रस्तुत गरेको विधानको मस्यौदाअनुसार अब माओवादी केन्द्रको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ ।

    यस्तै एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ ।

    पदाधिकारीलाई पनि समावेशी बनाइने गुरुङले जानकारी दिए । यस्तै केन्द्रीय समितिमा १० प्रतिशत मनोनीत गर्न सकिने प्रस्ताव गरिएको छ ।

    विधान मस्यौदा प्रस्तुत भएलगत्तै जनगायक शम्भु राईले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

    २०७८, पौष १२ सोमवार०४:१४:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार