निजी अस्पतालबाट पनि कोरोना खोप दिईने

निजी अस्पतालबाट पनि कोरोना खोप दिईने

२०७८, पौष १३ मंगलवार

  • 669
    SHARES

  • निजी अस्पतालबाट पनि कोरोना खोप दिईने

    काठमाडौँ । सरकारले सबै मेडिकल कलेजलाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सबै मेडिकल कलेज र ५० शय्या क्षमताभन्दा बढी भएका निजी अस्पताललाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिइने छ ।

    मेडिकल कलेज र निजी अस्पतालले चाहेको खण्डमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्षमाथिका नेपाली नागरिकलाई सरकारको नियमानुसार कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने मन्त्रालयको भनाइ छ ।

    खोप उपलब्धताका आधारमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप लगाउन आह्वान गरिएको सह प्रवक्ता डा. अधिकारीले जानकारी दिए ।

    २०७८, पौष १३ मंगलवार०७:३७:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार