बिहानैबाट राजधानी उपत्यका सहित देशैभर वर्षा, चिसो झनै बढ्ने

बिहानैबाट राजधानी उपत्यका सहित देशैभर वर्षा, चिसो झनै बढ्ने

२०७८, पौष १४ बुधवार

  • 837
    SHARES

  • बिहानैबाट राजधानी उपत्यका सहित देशैभर वर्षा, चिसो झनै बढ्ने

    काठमाडौं । देशका धेरै स्थानमा आज वर्षा भइरहको छ । देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    आज बिहानैबाट काठमाडौंमा वर्षा भइरहेको छ । “अहिले देशभर वर्षा भइरहेको छ । यो भोलि बिहानसम्म रहन्छ । काठमाडौंमा दिउँसो केहिबेर रोकिए पनि साँझपख पुनः पानी पर्ने मौसम विभागले जनाएको छ ।

    आजराति देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागको भनाइ छ ।

    “देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएको छ,” विभागले भनेको छ, “त्यसैले चिसोबाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।”

    २०७८, पौष १४ बुधवार०७:४१:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार