कोरोना अपडेट : थप २४१ जनामा संक्रमण पुष्टि

कोरोना अपडेट : थप २४१ जनामा संक्रमण पुष्टि

२०७८, पौष १५ बिहिवार

  • 737
    SHARES

  • कोरोना अपडेट : थप २४१ जनामा संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८१४ जनाको पीसीआर परीक्षणमा २३५ जना र २ हजार ८३ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी २४१ जनामा संक्रमण पुष्टि भएको हो ।

    यसैगरी पछिल्लो २४ घण्टामा २२८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

    आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ भने देशभरी ४ हजार ८७१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

    २०७८, पौष १५ बिहिवार०५:०१:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार