कोरोना अपडेट : थप २३५ जनामा संक्रमण, ४ जनाको मृत्‍यु

कोरोना अपडेट : थप २३५ जनामा संक्रमण, ४ जनाको मृत्‍यु

२०७८, पौष १६ शुक्रवार

  • 697
    SHARES

  • कोरोना अपडेट : थप २३५ जनामा संक्रमण, ४ जनाको मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८८५ जनाको पीसीआर परीक्षणमा २२४ जना र १ हजार १९९ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी २३५ जनामा कोरोना संक्रमण पुष्टि हो ।

    यसैगरी पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको छ भने २१२ जना संक्रमणमुक्त भएका छन् ।

    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २४ हजार ६३३ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७९ जना रहेका छन् । जसमध्ये ४ हजार ६५१ जना होम आइसोलेसनमा रहेका छन् भने २२८ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।

     

    २०७८, पौष १६ शुक्रवार०५:२८:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार