कोरोना अपडेट : थप २१६ जनामा संक्रमण, २ जनाको मृत्‍यु

कोरोना अपडेट : थप २१६ जनामा संक्रमण, २ जनाको मृत्‍यु

२०७८, पौष १८ आइतवार

  • 749
    SHARES

  • कोरोना अपडेट : थप २१६ जनामा संक्रमण, २ जनाको मृत्‍यु

    काठमाडौ। पछिल्लो २४ घण्टामा देशभर थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९६२ जनाको पीसीआर परीक्षणमा २१३ जना र १ हजार ६६९ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यसैगरी पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २०९ जना संक्रमणमुक्त भएका छन् ।

    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २५ हजार २३१ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९७१ जना रहेका छन् । जसमध्ये ४ हजार ७४७ जना होम आइसोलेसनमा रहेका छन् भने २२४ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।

     

    २०७८, पौष १८ आइतवार०५:३५:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार