काठमाडौ। पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७०० जनाको पीसीआर परीक्षणमा २९१ जना र २ हजार ७ सय ९८ जनाको एन्टीजेन परीक्षणमा ३५ जना गरी ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २५५ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९८ हजार ५५७ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ जना रहेका छन् । जसमध्ये ४ हजार ७५३ जना होम आइसोलेसनमा रहेका छन् भने २५२ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।