काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३२९ वटा स्वाब नमुनाको परीक्षणमा ३९३ जनाको नतिजा पोजिटिभ आएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशभर ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ ।
यससँगै पछिल्लो २४ घण्टामा २६३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ९४ रहेको मन्त्रालयले जनाएको छ ।