काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६७ वटा नमुनाको परीक्षणमा ४३५ वटाको नतिजा पोजिटिभ आएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य छ भने २६९ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार २२५ पुगेको मन्त्रालयले जनाएको छ ।