कोरोना अपडेट : थप ५४० जनामा संक्रमण , काठमाडौं उपत्यकामा मात्र ३१० जना

कोरोना अपडेट : थप ५४० जनामा संक्रमण , काठमाडौं उपत्यकामा मात्र ३१० जना

२०७८, पौष २२ बिहिवार

  • 901
    SHARES

  • कोरोना अपडेट : थप ५४० जनामा संक्रमण , काठमाडौं उपत्यकामा  मात्र ३१० जना

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको पीसीआर परीक्षणमा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षणमा ६२ जना गरी ५४० जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७१ रहेको छ भने १ जनाको मृत्‍यु भएको छ।

    यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ९ लाख २६ हजार ९२५ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ६०२ पुग्नुका साथै ८ लाख १३ हजार ४४७ जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ जना रहेका छन् । जसमध्ये ५ हजार ६९ जना होम आइसोलेसनमा रहेका छन् भने ३६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३१० जना कोरोना संक्रमित थपिएका छन् । जस अनुसार काठमाडौंमा २२१ जना, ललितपुरमा ५९ जना र भक्तपुरमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    २०७८, पौष २२ बिहिवार०५:५९:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार