काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७६२ पीसीअर परीक्षणमा ६९६ जना र ३ हजार ५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी जम्मा ९४४ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६ हजार १४० पुगेको छ भने संक्रमणका कारण कसैको मृत्यु भएको छैन ।
पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् भने सबैभन्दा धेरै काठमाडौंमा ३६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
ललितपुरमा ९४ जना र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ।