कोरोना संक्रमण बढेपछि उपत्यकामा बढ्यो तनाव, ललितपुर र भक्तपुरका सीडीओ छुट्टाछुट्टै बैठक बस्दै

कोरोना संक्रमण बढेपछि उपत्यकामा बढ्यो तनाव, ललितपुर र भक्तपुरका सीडीओ छुट्टाछुट्टै बैठक बस्दै

२०७८, पौष २५ आइतवार

  • 893
    SHARES

  • कोरोना संक्रमण बढेपछि उपत्यकामा बढ्यो तनाव, ललितपुर र भक्तपुरका सीडीओ छुट्टाछुट्टै बैठक बस्दै

    काठमाडौँ । कोरोना संक्रमण बढेपछि राजधानी काठमाडौं उपत्यका भयभित देखिएको छ । 

    कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौँ उपत्यकामा स्वास्थ्य सतर्कता र पूर्वतयारीका काम अघि बढाउने तयारी थालिएको छ ।

    स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने, खोप कार्यक्रमलाई तीव्रता दिने र स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्ने गरी तयारी थालिएको हो ।

    जिल्लामा आ–आफ्नो ढंगले गर्नुपर्ने कामको तयारीका लागि ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज सर्वपक्षीय बैठक बोलाएका छन् ।

    छुट्टाछुट्टै छलफल गरेपछि तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर आवश्यक निर्णय लिइने छ ।

    संयुक्त बैठक सकेसक्क आज नै नभए भोलि बस्ने बताइएको छ ।

    २०७८, पौष २५ आइतवार१०:५७:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार