सरकारद्धारा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

सरकारद्धारा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

२०७८, पौष २५ आइतवार

  • 801
    SHARES

  • सरकारद्धारा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

    काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।

    आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

    ‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ’ उनले भनिन्, ‘निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।’

    बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरेको उनले जानकारी दिइन् ।

    २०७८, पौष २५ आइतवार०६:४९:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार