राष्ट्रियसभा निर्वाचन आचार संहिता आजदेखि लागु

राष्ट्रियसभा निर्वाचन आचार संहिता आजदेखि लागु

२०७८, पौष २६ सोमवार

  • 809
    SHARES

  • राष्ट्रियसभा निर्वाचन आचार संहिता आजदेखि लागु

    काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार (आज)देखि आचार संहिता लागु भएको छ।

    निर्वाचन आयोगले स्वच्छता, निष्पक्षता, पारदर्शिता, भयमुक्त वातावरण राख्न निर्वाचन आचार संहिता पुस २६ देखि लागु हुने बताएको छ ।

    निर्वाचन आयोगले व्यक्ति, निकाय तथा अधिकारीलाई तोकेरै आचार संहिता लागु भएको बताएको हो । आयोगले आचार संहिताको पालना गर्नु सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ।

    आचार संहिता उल्लंघन भएमा कानुनी कारबाही हुने भएकाले पूर्णरूपमा पालना गर्न गराउन सरोकारवालामा निर्देशन गरेको छ।

    २०७८, पौष २६ सोमवार०८:०३:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार