कोरोना अपडेट : एकैदिन १४४६ जनामा संक्रमण, काठमाडौं उपत्यकामा मात्रै ८७६ जना संक्रमित

कोरोना अपडेट : एकैदिन १४४६ जनामा संक्रमण, काठमाडौं उपत्यकामा मात्रै ८७६ जना संक्रमित

२०७८, पौष २६ सोमवार

  • 805
    SHARES

  • कोरोना अपडेट : एकैदिन १४४६ जनामा संक्रमण, काठमाडौं उपत्यकामा मात्रै ८७६ जना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षणमा १ हजार ३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षणमा ८९ जना गरी कुल १ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २५५ जना संक्रमणमुक्त भएका छन् ।

    यससँगै काठमाडौं उपत्यकामा ८७६ जना कोरोना संक्रमित थपिएका छन् । जस अनुसार काठमाडौंमा ६७५ जना, भक्तपुरमा ६५ जना र ललितपुरमा १३६ जना संक्रमित थपिएका हुन् ।

    योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार १८८ पुगेको मन्त्रालयले जनाएको छ ।

    २०७८, पौष २६ सोमवार०५:०१:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार