कोरोना अपडेट : एकैदिन थप २,४४४ जनामा संक्रमण,१ जनाको मृत्‍यु

कोरोना अपडेट : एकैदिन थप २,४४४ जनामा संक्रमण,१ जनाको मृत्‍यु

२०७८, पौष २७ मंगलवार

  • 793
    SHARES

  • कोरोना अपडेट : एकैदिन थप २,४४४ जनामा संक्रमण,१ जनाको मृत्‍यु

    काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६४८ जनाको पीसीआर परीक्षणमा १ हजार ९८१ जना र ४ हजार ३८५ जनाको एन्टिजेन परीक्षणमा ४६३ जना गरी जम्मा २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा १ जनाको मृत्‍यु भएको छ भने ३१३ जना संक्रमणमुक्त भएका छन् ।

    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३३ हजार ८९४ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ६०७ पुग्नुका साथै ८ लाख १४ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ जना रहेका छन् । जसमध्ये ८ हजार ८६७ जना होम आइसोलेसनमा रहेका छन् भने ६५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ९३ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत् रहेका मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९८० जना, ललितपुरमा २२१ जना र भक्तपुरमा ८५ जनामा कोरोना संक्रमण देखिएको छ।

     

     

    २०७८, पौष २७ मंगलवार०६:११:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार