काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ (आदेशसहित)

काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ (आदेशसहित)

२०७८, पौष २७ मंगलवार

  • 689
    SHARES

  • काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ (आदेशसहित)

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दर बढ्दै गएपछि काठमाडौँ उपत्यकामा  ‘स्मार्ट लकडाउन’सँगै कडाइ गरिएको छ ।

    मंगलबार काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा स्मार्ट लकडाउन गर्नुका साथै कडाइ गर्ने निर्णय गरेको हो । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) र गृह मन्त्रालयको निर्देशनअनुसार काठमाडौँ उपत्यकामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौँको सूचनाअनुसार घर बाहिर वा सार्वजनिक स्थलमा निस्किदा सवैले अनिर्वाय मास्कको प्रयोग गर्नु पर्ने, साबुन पानीले हात धुनु पर्ने र स्वास्थ्य सम्बन्धि मापण्डको पालना गर्नु पर्नेछ । उपत्यकामा स्मार्ट लकडाउन आज राति १२ बजेदेखि लागू हुनेछ ।

    बैठकले भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म  विद्यालय बन्द गर्नेलगायत निर्णय गरेको छ ।

    aadesh-1.jpgaadesh-2.jpg

    २०७८, पौष २७ मंगलवार०७:०४:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार