अत्यावश्यक नपरेसम्म विदेश यात्रा नगर्न अध्यागमन विभागको आग्रह

अत्यावश्यक नपरेसम्म विदेश यात्रा नगर्न अध्यागमन विभागको आग्रह

२०७८, पौष २९ बिहिवार

  • 721
    SHARES

  • अत्यावश्यक नपरेसम्म विदेश यात्रा नगर्न अध्यागमन विभागको आग्रह

    काठमाडौँ । अति आवश्यक अवस्थामा बाहेक कोरोना भाइरसको सङ्क्रमणको जोखिम भएका मुलुकमा भ्रमण नगर्न अध्यागमन विभागले सचेत गराएको छ ।

    बुधवार ट्राभल एडभाइजरी जारी गर्दै विभागले भनेको छ, ‘नयाँ भेरियन्टको सङ्क्रमणको जोखिम भएको मुलुकहरूमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरूले अति आवश्यक अवस्थामाबाहेक यात्रा नगर्न अनुरोध गरिन्छ ।’ गत सोमबारको गृहमन्त्रिस्तरीय निर्णय अनुसार विभागले बुधवार ट्राभल एडभाइजरी जारी गरेको हो ।

    नेपाल सरकारले ओमिक्रोनको सङ्क्रमण सुरुमै देखिएका दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इन्वाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट सिधै नेपाल आउन वा ती मुलुकलाई ट्रान्जिट बनाएर नेपाल आउन १६ मङ्सिरबाटै रोक लगाएको छ । यो रोकलाई निरन्तरता दिनुका साथै तीन साता भित्र ती मुलुकको भ्रमण गरेका यात्रुले समेत नेपाल आउन पाउँदैनन् ।

    यी दुई मुलुकबाहेकका देशबाट आउने विदेशी नागरिक९गैर आवासीय नेपालीसमेत०ले विदेशबाट ८ असोजमा जारी भएको नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८ का प्रावधानका आधारमा नेपालको भ्रमणमा आउन सक्नेछन्। जसअनुसार खोपको मात्रा पूरा गरेका र पीसीआर नेगेटिभ भएका विदेशी नागरिकले नेपालमा अनअराइभल भिसा सुविधासहित प्रवेशको अनुमति पाउँछन् ।

    २०७८, पौष २९ बिहिवार०७:४९:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार