स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

२०७८, पौष ३० शुक्रवार

  • 689
    SHARES

  • स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

    काठमाडौँ । निर्वाचन आयोगको आह्वानमा स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आज (शुक्रबार) सर्वदलीय बैठक बस्दै छ । बैठक ११ बजेका लागि बोलाइएको छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ ।

    पौडेलका अनुसार सङ्घीय संसद्, प्रदेश संसद् र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।

    १२ माघमा राष्ट्रियसभा निर्वाचन हुँदै छ । स्थानीय तहमा पहिलो कार्यकाल पूरा हुन लागेपछि आयोगले निर्वाचनको तयारी थालेको छ । निर्वाचन अगाडि मतदाता नामावली सङ्कलनलगायतका विषयमा आयोगले छलफल गर्न लागेको हो ।

    २०७८, पौष ३० शुक्रवार०७:५०:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार