रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय

रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय

२०७८, माघ १ शनिवार

  • 769
    SHARES

  • रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय

    काठमाडौँ । कोरोना महामारी तिब्र गतिमा फैलिएपछि सरकारले रात्रिकालीन व्यवसाय बन्द गर्ने भएको छ । 

    शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गरेको छ ।

    मन्त्रिपरिषद्को बैठकले जारी गरेको नयाँ आदेश अनुसार रात्रिकालीन व्यवसाय बन्द गर्ने गरिने भएको छ । राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता व्यवसाय पूर्ण रुपमा बन्द गरिने भएको हो ।

    यसैगरी, सिनेमा हलहरुमा ५० प्रतिशत दर्शक राखी सामाजिक दूरी कायम गरी सञ्चालन गरिने निर्णय भएको बताइएको छ ।

    त्यस्तै, राति सञ्चालन हुने रेष्टुरेन्ट भने सामाजिक दूरी कायम गरेर सञ्चालन गर्न पाइने भएको छ ।

    २०७८, माघ १ शनिवार१०:३९:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार