लिपुलेक विवादबारे भारतले दियो स्पष्टीकरण

लिपुलेक विवादबारे भारतले दियो स्पष्टीकरण

२०७८, माघ २ आइतवार

  • 781
    SHARES

  • लिपुलेक विवादबारे भारतले दियो स्पष्टीकरण

    काठमाडौँ । भारत सरकारले नेपालसँगको सिमानाका सम्बन्धमा आफ्नो धारणा सार्वजनिकरूपमा यथावत र स्पष्ट रहेको बताएको छ ।

    भारत–नेपाल सीमा समस्याबारे हालै नेपालमा सार्वजनिक भएका समाचार एवं वक्तव्यबारे यहाँस्थित भारतीय राजदूतावासले दुई मुलुकबीच स्थापित अन्तर सरकारी संयन्त्रहरू वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् भन्ने धारणा प्रष्ट्याएको छ ।

    दुई देशबीचको सीमाका विषयमा आफ्नो धारणा नेपाल सरकारलाई अवगत गराएको जनाउँदै दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा ‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयलाई सधैँ हाम्रो निकट तथा मैत्री सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ’ भनिएको छ ।

    २०७८, माघ २ आइतवार०८:२४:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार