लिपुलेकबारे सरकारको धारणाः ऐतिहासिक प्रमाणका आधारमा समस्या समाधान गर्न प्रतिबद्ध छौं 

लिपुलेकबारे सरकारको धारणाः ऐतिहासिक प्रमाणका आधारमा समस्या समाधान गर्न प्रतिबद्ध छौं 

२०७८, माघ २ आइतवार

  • 809
    SHARES

  • लिपुलेकबारे सरकारको धारणाः ऐतिहासिक प्रमाणका आधारमा समस्या समाधान गर्न प्रतिबद्ध छौं 

    काठमाडौं । लिपुलेक, लिम्पियाधुराका विषयमा चर्को दबाब बढेपछि अन्ततः सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

    सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै नेपाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्दै आएको जनाएका छन् । 

    आइतवार सरकारको धारणा सार्वजनिक गर्दै कार्कीले दुई देशबीचको सीमा समस्याको समाधान कुटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

    कार्कीले ऐतिहासिक सन्धि सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा समस्या समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रही आएको बताएका छन् । भारतले नेपाल सरकारलाई आफ्नो अडान बताइसकेको भनेर वक्तव्य जारी गरेको भोलिपल्ट नेपालले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

    २०७८, माघ २ आइतवार०४:११:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार