कोरोना नियन्त्रण गर्न नयाँ आदेश: विवाह एवं सांस्कृतिक जात्रामा ५० भन्दा बढि व्यक्ति हुन नहुने

कोरोना नियन्त्रण गर्न नयाँ आदेश: विवाह एवं सांस्कृतिक जात्रामा ५० भन्दा बढि व्यक्ति हुन नहुने

२०७८, माघ ३ सोमवार

  • 681
    SHARES

  • कोरोना नियन्त्रण गर्न नयाँ आदेश: विवाह एवं सांस्कृतिक जात्रामा ५० भन्दा बढि व्यक्ति हुन नहुने

    काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहित संक्रमणको तेस्रो लहर शुरू भएपछि सरकारले कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी नयाँ आदेश, २०७८ जारी गरेको छ ।

    आदेशमा विद्यालय, विश्वविद्यालय, कलेज, ट्युशन सेन्टरलगायतका अन्य शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ १५ गतेसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने निर्णय भएको उल्लेख गरिएको छ  ।

    मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न गराउन सरकारले जारी गरेको आदेशमा उल्लेख छ ।

    सरकारले  विवाह, व्रतबन्ध, न्वारन र पास्नी जस्ता धार्मिक तथा सांस्कृतिक, सामाजिक कार्यक्रम भौतिक दूरीलगायत जनस्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने भनिएको  छ ।

    धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, नित्य संस्कारलगायतका अत्यावश्यक परम्परागत धार्मिक एवं सांस्कृतिक क्रियाकलापमा ५० भन्दाबढी व्यक्ति हुन नहुने उल्लेख छ ।

    २०७८, माघ ३ सोमवार१०:३१:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार