वैशाखमा नै स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन सकारात्मक

वैशाखमा नै स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन सकारात्मक

२०७८, माघ ४ मंगलवार

  • 809
    SHARES

  • वैशाखमा नै स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन सकारात्मक

    काठमाडौँ । सत्ता गठबन्धनका नेताहरू स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । तर यस विषयको थप गृहकार्यका लागि अर्को बैठक बस्ने बताइएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलवार (आज) बिहान बसेको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो ।

    यस विषयमा थप गृहकार्य गरेर बैठक बिहीबार फेरि बस्ने भएको छ । बिहीबार नै मन्त्रिपरिषद्को नियमित बैठक पनि हुने भएकाले सो बैठकबाट मिति तोकिन सक्ने अनुमान छ ।

    तर, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल बैठकमा उपस्थित नभएको बताइएको छ ।

    निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ ।

    २०७८, माघ ४ मंगलवार०१:५८:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार