काठमाडौँ उपत्यकामा कोरोना नियन्त्रण गर्न नयाँ प्रावधान

काठमाडौँ उपत्यकामा कोरोना नियन्त्रण गर्न नयाँ प्रावधान

२०७८, माघ ५ बुधवार

  • 1.1K
    SHARES

  • काठमाडौँ उपत्यकामा कोरोना नियन्त्रण गर्न नयाँ प्रावधान

    काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमणदर नियन्त्रण गर्न नयाँ प्रावधान ल्याइएको छ ।

    काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले नयाँ प्रावधान ल्याएका हुन् ।

    संयुक्त बैठकले सिनेमा हल, डान्सबार, जिमखाना, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब स्वीमिङ पुल, फुटसल, पटके हाटबजार यही माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

    माघ मसान्तसम्म आमसभा, भेला, जुलुस गर्न नपाइने भएको छ । गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न तथा गराउन पाइनेछ ।

    भौतिक रूपमा उपस्थित गराउनु परेमा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जना हुने गरी माघ ७ गतेपछि खोपको पूरा मात्रा लगाएका व्यक्तिहरूलाई मात्रै उपस्थित हुने गरी गराउन पाइनेछ ।

    सार्वजनिक सवारीसाधनमा स्वास्थ्य प्रोटोकलमा कडाइ गरिएको छ । मास्क नलगाउने यात्रुलाई सहचालकले कम्तीमा पाँच रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्नेछ ।

    २०७८, माघ ५ बुधवार०७:४४:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार