सत्तारुढ गठबन्धनको बैठक स्थगित

सत्तारुढ गठबन्धनको बैठक स्थगित

२०७८, माघ ६ बिहिवार

  • 961
    SHARES

  • सत्तारुढ गठबन्धनको बैठक स्थगित

    काठमाडौँ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न आज (बिहीबार) बस्ने भनिएको सत्तासिन दलको बैठक स्थगित भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने तय भएको थियो । तर तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको छ ।

    यसअघि गत मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । त्यसबारे थप गृहकार्य गरेर आज बैठक बस्ने भनिएको थियो ।

    २०७८, माघ ६ बिहिवार०१:००:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार