थप ६ हजार ४६२ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४ को मृत्यु

थप ६ हजार ४६२ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४ को मृत्यु

२०७८, माघ ९ आइतवार

  • 1.4K
    SHARES

  • थप ६ हजार ४६२ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४ को मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा १४१६ जना सङ्क्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

    हाल देशभर ७७ हजार ४० सक्रिय सङ्क्रमित छन् ।

    २०७८, माघ ९ आइतवार०५:०८:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार