बैशाखमा स्थानीय निर्वाचन नगर्ने सत्तारुढ गठबन्धनको निर्णय

बैशाखमा स्थानीय निर्वाचन नगर्ने सत्तारुढ गठबन्धनको निर्णय

२०७८, माघ ९ आइतवार

  • 953
    SHARES

  • बैशाखमा स्थानीय निर्वाचन नगर्ने सत्तारुढ गठबन्धनको निर्णय

    काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले ०७९ बैसाखमा स्थानीय निर्वाचन नगर्ने निर्णय गरेका छन् । ०७९ साल असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने गठवन्धनमा सहमति जुटेको स्रोतले जनायो । 

    बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले संविधानसँग बाझिएका कानून संशोधन गरी असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने सहमति गरेको हो ।

    जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ०७४ सालमा तीनै चरणको निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुको कार्यकाल पूरा भएपछि मात्रै स्थानीय निर्वाचन गर्ने सहमति भएको पुष्टी गरेका छन् ।

    भट्टराईले ट्वीटमार्फत भनेका छन्– ‘संविधानसँग बाझिएका कानुनमा सुधार गरेर स्थानीय तहका तीन चरणको चुनावबाट गठित पालिकाहरुको कार्यकाल पूरा हुनासाथ संविधान बमोजिम नयाँ चुनाव गराउने गठबन्धनमा सर्वसम्मत सहमति भएको छ।’

    सत्तारुढ दलले आजै दिउँसो आफु सम्बद्ध वकिललाई बोलाएर छलफल गरेका थिए । 

    २०७८, माघ ९ आइतवार०७:४८:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार