काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये १६ हजार ६५४ नमुनाको पीसीआर परीक्षणमा ८ हजार ५४ जना र ४ हजार ५४७ नमुनाको एन्टीजेन परीक्षणमा २ हजार २६५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् भने हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा ४ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।