कोरोना अपडेट : थप १२ हजार ८ जनामा संक्रमण, ८ को मृत्यु

कोरोना अपडेट : थप १२ हजार ८ जनामा संक्रमण, ८ को मृत्यु

२०७८, माघ ११ मंगलवार

  • 1.5K
    SHARES

  • कोरोना अपडेट : थप १२ हजार ८ जनामा संक्रमण, ८ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षणमा ९ हजार ४३२ जना र ७ हजार ८०६ नमुनाको एन्टिजेन परीक्षणमा २ हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् भने हाल देशभरमा ८८ हजार ९३४ सक्रिय संक्रमित छन् ।

    यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ । 

    यसैगरी पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्‍यु हुनेको कूल संख्या ११ हजार ६६७ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितमध्ये ८७ हजार ११७ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ८१७ जना संस्थागत आइसोलेसनमा छन् ।

    कोरोनाका बिरामीमध्ये २४५ जना आईसीयू र ४४ जना भेन्टिलेटरमा उपचाररत् रहेका मन्त्रालयले जनाएको छ । 

    २०७८, माघ ११ मंगलवार०५:१२:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार