नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०

२०७८, माघ १२ बुधवार

  • 1.2K
    SHARES

  • नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०

    काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।

    तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० देखिएको छ ।

    जसमा महिलाको संख्या पुरुषको भन्दा ७ लाख बढी छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ छ भने पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छन् ।

    सार्वजनिक तथ्यांक अनुसार प्रदेश १ मा ४९ लाख ७२ हजार ०२१, मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८, बागमतीमा ६० लाख ८४ हजार ०४२, गण्डकीमा २४ लाख ७९ हजार ७४५, लुम्बिनीमा ५१ लाख २४ हजार २२५, कर्णालीमा १६ लाख ९४ हजार ८८९ र सुदूरपश्चिममा २७ लाख ११ हजार २७० जनसंख्या रहेको छ।

    यस्तै हिमाली क्षेत्रको जनसंख्या १७ लाख ६८ हजार १०८(६.९ प्रतिशत), पहाडमा १ करोड १७ लाख ४८ हजार ४४८ (४०.२५ प्रतिशत) र तराईमा १ करोड ५६ लाख ६५ हजार ८२८(५३.६६ प्रतिशत) रहेको छ।

    २०७८, माघ १२ बुधवार११:५०:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार