थपिए ८ हजार ४५४ जना कोरोना सङ्क्रमित, ५ को मृत्यु

थपिए ८ हजार ४५४ जना कोरोना सङ्क्रमित, ५ को मृत्यु

२०७८, माघ १२ बुधवार

  • 753
    SHARES

  • थपिए ८ हजार ४५४ जना कोरोना सङ्क्रमित, ५ को मृत्यु

    काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना भाइरस को सङ्क्रमण पुष्टि भएको हो ।

    यो अवधिमा पाँचजनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ६७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

    त्यस्तै, सोही समयमा थप ४ हजार ४३३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

    २०७८, माघ १२ बुधवार०५:४९:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार